भारतमा ११ सयभन्दा बढीको मृत्यु

३ बैशाख २०७८, शुक्रबार ००:५१ मा प्रकाशित

भारतमा दैनिक २ लाखभन्दा बडी कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित थपिएका हुन्।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार ७४०पुगेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३७ लाख ५८ हजार ९३ संक्रमित रहेका छन्। दुबै देशका ८० हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ११ सय ८३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ७४ हजार ३३५ पुगेको छ।

भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ। जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउँछ।

संक्रमितमध्ये एक करोड २५ लाख ४३ हजार ९७८ जना निको भइसकेका छन् भने १५ लाख ९६ हजार ४२७ सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस !