अपरान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना

६ बैशाख २०७८, सोमबार ०२:२९ मा प्रकाशित

देशको पहाडी भू-भागका थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । देशको पूर्वी क्षेत्रमा ठूलो हावाहुरी सहित वर्षाको सम्भावना देखिएको छ । पहाडी क्षेत्रमा चट्याङसँगै वर्षा हुने सम्भावना छ । हाल मौसमको अबस्था स्थिर रहे पनि अपरान्हपछि मौसम बदली हुनेछ ।

राती: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस !