आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

६ बैशाख २०७८, सोमबार ०२:४६ मा प्रकाशित

अगामी भदौमा हुने १४औं महाधिवेशनका साथै अन्य समसमायिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ।

आइतबारका लागि तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। यसअघि पनि विभिन्न कारण देखाउँदै दुई पटक बैठक स्थगित भइसकेको थियो। विशेषगरी महाधिवेशन कार्यतालिकामा केन्द्रित रहने बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) दिउँसो ४ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ। तर, केही जिल्लाको क्रियाशील सदस्य विवाद हालसम्म पनि समाधान भएको छैन। महाधिवेशन तोकिएपनि कार्यतालिका अनुसार कार्य हुन सकेको छैन।

क्रियाशील सदस्यता वितरण÷नवीकरण तथा समायोजन तोकिएको समयमा हुन सकेको छैन। कार्यतालिका प्रभावित भएसँगै क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो कार्य सुरु गर्न पाएको छैन।

आजको केन्दीय समिति बैठकमा हाल प्रदेशमा देखिएको राजनीतिक अस्थिरता तथा सत्तासमीकरणबारे पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६