थ्रि नेसन्स कप : दाेस्राे खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

६ बैशाख २०७८, सोमबार ०३:३० मा प्रकाशित

थ्रि नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत आयाेजक नेपालले दाेस्राे खेलमा आज मलेसियासँग प्रतिस्पर्धा गर्दै छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसाे १ः१५ बजेबाट सुरु हुनेछ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि ९ विकेटकाे सानदार जित निकालेकाे नेपाल प्रतियाेगितामै कमजाेर मानिएकाे मलेसियाविरुद्ध साेही लयलाई कायम राख्ने लक्ष्यमा रहेकाे छ। आजकाे खेलमा जित निकाले नेपाललाई उपाधि यात्रामा सहज हुनेछ।

यता, मलेसिया भने पहिलो जितको खोजिमा रहेकाे छ। आइतबार भएकाे खेलमा नेदरल्यान्ड्ससँग मलेसिया १५ रनले पराजित भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस !