उपत्यकामा एकै दिन थपिए १५ सय काेराेना संक्रमित

१२ बैशाख २०७८, आईतवार ११:२३ मा प्रकाशित

काठमाडाैं- पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा थप १५ सय जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा १ हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ काेराेना संक्रमित थपिएका हुन्।

यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार ६६८ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस !