काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठक आज

१३ बैशाख २०७८, सोमबार ०२:५० मा प्रकाशित

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठक बस्दै छ। काठमाडौं, भक्तपुर तथा ललितपुरमा  सक्रिय संक्रमितको संख्या बढेसँगै आगामी कदमबारे निर्णय गर्न संयुक्त बैठक बस्न लागेको हो।

काठमाडौंको सीडीओ कार्यालयमा बस्ने बैठकले बढ्दो संक्रमण रोकथामका लागि चाल्न सकिने आगामी कदमबारे निर्णय गर्नेछ। आजको बैठकले बढ्दो संक्रमण रोक्न उपत्यकामा केही दिनका लागि लकडाउनकाे निर्णय गर्न सक्ने बताइएको छ।

सक्रिय संक्रमितको संख्या उच्च रहेको र जोखिम बढ्दै गएकाले उपत्यकाका सबै जिल्लामा लकडाउन गर्ने या नगर्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको भक्तपुरका सीडीओ प्रेमप्रसाद भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०