उपत्यकामा निषेधाज्ञा वैशाख १६ गतेदेखि

१३ बैशाख २०७८, सोमबार ०८:४३ मा प्रकाशित

काठमाडौं उपत्यकामा बिहीबार (१६ वैशाख) मध्य रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ।

सोमबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

यसबारे विस्तृत निर्णय गर्न अहिले गृहमन्त्रालयमा छलफल चलिरहेको गृहप्रवक्ता जनकराज दाहालले बताए।

प्रतिक्रिया दिनुहोस !