काठमाडौं रेजर्स भयो पहिलो नेपाल सुपर लिगको उपाधि च्याम्पियन

१ जेष्ठ २०७८, शनिबार १६:४४ मा प्रकाशित

काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ । शनिबार भएको खेलमा काठमाडौंले धनगढी एफसीलाई हराउँदै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंले धनगढीलाई १–० ले पराजित गर्‍यो । धनगढीलाई जित दिलाउन मोसोउके ओलोओमुले निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा गोल गरेका थिए । विशाल श्रेष्ठको क्रस पासमा उनले गोल गरेका हुन् ।

खेलको २९औँ मिनेटमा ओलोओमोउले डी बक्सनजिकबाट हानेको फ्रिकिक बल आउट भएको थियो । धनगढीका लागि खेलको ३४औँ मिनेटमा डिफेन्डर फ्यान्किल टालाले कर्नरबाट आएको बल डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन ।

खेलको इन्ज्युरी समायमा काठमाडौंका इस्टिफिन बिनोगनले वान टु वान लिएको बललाई ६ यार्डनजिकबाट हाने पनि गोल गर्न सकेनन् । ५२औँ मिनेटमा धनगढीका निशान खड्काकाले कर्नरबाट हानेको पास सोजन राईको खुट्टामा लागेर गएको थियो । खेलको ५४औँ मिनेटमा धनगढीका निशान लिम्बूले हानेको क्रस पास विशाल राईले डी बक्सभित्रबाट हेड गरे पनि गोलमा परिणत हुन सकेन ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ हात पारेको छ । उपविजेता धनगढीले १५ लाख पायो ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०