नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले यो तहसम्म संक्रमण होला भन्ने ठानेको थिइन: प्रधानमन्त्री

२ जेष्ठ २०७८, आईतवार २२:०५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले कोभिड–१९ को संक्रमण यो तहमा बढ्दा भन्ने आफूले नसोचेको बताएका छन् ।

शनिबार बालुवाटारमा निजी क्षेत्र र सरोकारवालसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो संक्रमण यो तहसम्म बढ्ला भन्ने नलागेको बताएका हुन् ।

यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइन । मैले के ठानेको थियो भनेदेखि हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ त्यसकारण अलिअलि सर्ला तर यस तहमा वृद्धि हुन सक्दैन भन्ने लागेको थियो-प्रधानमन्त्री केपी शर्मा ओली ।

प्रधानमन्त्री ओलीले इम्युन सिस्टमको भूमिका नै नहुने भन्ने चाहिँ नभएको बताए । संक्रमणमुक्त भएका मानिसहरू इम्युन सिस्टमको भूमिका भने रहेको उनको भनाइ छ ।

गत वर्षको संसद्को एक बैठकमा प्रधाननमन्त्री ओलीले नेपालीको इम्युनिटी पावर बलियो भएकाले कोभिडले खासै असर गर्न नसक्ने जिकिर गरेका त्यही विषयमा नेपाली कांग्रेसका सांसद गगन थापा र प्रधानमन्त्री ओलीबीच संसद्मा सवाल–जवाफ भएको थियो ।

शनिबारको बैठकमा ओलीले नाकमा, थ्रोटबाट स्रकमण हुने भए त्यहीबाट खत्तम पार्नुपर्ने र त्यसको उपाय खोज्नुपर्ने बताए । अक्सिजन लगाउनुपर्ने, भेन्टिलेटर लगाउनुपर्ने अवस्थामा संक्रमित नपुगोस भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ छ । साथै ओलीले आयुर्वेदिक उपचार पद्धतिमा पनि ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०