९,२४७ जनामा कोरोना संक्रमण ,२१४ जनाको मृत्यु

३ जेष्ठ २०७८, सोमबार १८:०५ मा प्रकाशित

नेपालमा थप ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा सोमबार थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरेर थप २ सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरी २१ हजार ६५३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ९ हजार १९८ जनामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !