सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङ्गसाङ्गमा आगलागी

४ जेष्ठ २०७८, मंगलवार १६:०२ मा प्रकाशित

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ खाङ्गसाङ्गमा एक घर आगलागी भई जलेर नष्ट भएको छ।

हिजो साँझ ६ बजेको समयमा स्थानिय तारामान नेपालीको घर आगलागी भई नष्ट भएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट घर पुर्ण रुपमा जलेको र सम्पुर्ण खाद्यान्न, लत्ता कपडा, धनमाल जलेर नष्ट हुँदा १० लाख बराबरको क्षति भएको छ । खरको छाना भएको ढुंगा माटोको तीन तलाको घरमा आगो लागेको हो ।

आगलागि के कसरी भयो भन्नेबारे यकिन नभएको उपाध्यक्ष सुनुवारले बताउनुभयो । उक्त आगलागि पिडित परिवारलाई हिजो नै गाउँपालिकाले २ बोरा चामल, ५ के.जि दाल, २ प्याकेट नुन, २ लिटर तेल लगाएको खाद्यान्न सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०