प्रिमियर लिग फुटबल: लिभरपुल जित्नै पर्नै दबाबमा 

५ जेष्ठ २०७८, बुधबार १२:५७ मा प्रकाशित

काठमाडौं । प्रिमियर लिग फुटबलमा आज (बुधबार) लिभरपुलले बर्नलीसँग खेल्दैछ । बर्नलीको घरेलु मैदानमा हुने लिभपुल र बर्नलीबीचको खेल नेपाली समय अनुसार राति एक बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै लिभरपुल अर्काे सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने आफ्नो सम्भावनालाई बलियो बनाउने योजनामा छ ।

लिभरपुल आजको खेलमा जित निकालेमा एक स्थानमाथि उक्लने छ । लिगमा ३६ खेल खेलेको लिभरपुल ६३ अंकसहित तालिकाको पाँचौं स्थानमा छ ।

चौथो स्थनमा रहेको लेस्टर सिटीको ३७ खेलबाट ६६ अंक छ । तेस्रो स्थानमा रहेको चल्सीको ६७ अंक छ भने दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको ७१ तथा उपाधि विजेता सिटीको ८३ अंक छ ।

प्रतिक्रिया दिनुहोस !