निर्वाचन आयोगका पदाधिकारीले भने– चुनाव गर्न समय पर्याप्त

८ जेष्ठ २०७८, शनिबार १३:४७ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् ।

आयोगका पदाधिकारीलाई शनिबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गरेका थिए । परामर्शमा सहभागी एक पदाधिकारीले भने, ‘निर्वाचनको तयारीका लागि चाहिने १२० दिन हो । अहिले तोकिएको समयभित्रै सबै तयारी गर्न सकिन्छ ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी छन् ।

निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो ।

‘२०७४ सालमा ९५ दिनभित्रै निर्वाचन गराएको अनुभव समेत छ,’ निर्वाचन आयोगका आयोगका एक अधिकारीले भने, ‘कानुनीरुपमा हेर्दा सरकारले तोकेको निर्वाचन समय पर्याप्त छ ।’

यद्यपि निर्वाचन सम्बन्धी केही कानुन संशोधन गर्नु पर्ने जानकारी आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई गराएका थिए । केन्द्र, प्रदेश र स्थानीय तहका लागि छुट्टाछुट्टै कानुन भए पनि धेरैजसो बुँदाहरु दोहोरिएकाले त्यसलाई मिलाउनुपर्ने आवश्यकता उनीहरुले औंल्याएका थिए ।

प्रधानमन्त्री ओलीले कानुनी, आर्थिक र कर्मचारी व्यवस्थापन लगायतका सबै तयारी गर्न आग्रह गर्दै त्यसमा सरकारको पूर्ण साथ रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६