एटलेटिकोलाई २०१४ पछि पहिलो स्पेनिश लिगको उपाधि जितेको: नायक बने स्वारेज

९ जेष्ठ २०७८, आईतवार १२:५९ मा प्रकाशित

काठमाडौं । उपाधिको टुंगो लाग्न अन्तिम खेल सम्म कुर्नुपरेको स्पेनिस लिगको यो सिजनको उपाधि एथ्लेटिको मड्रिडले हात पारेको छ ।

आज राति सम्पन्न अन्तिम खेलमा भिलारियललाई २ का विरुद्ध १ गोलले हराउदै एथ्लेटिकोले उपाधि उचालेको हो । आजको खेलमा लुईस स्वारेजले निर्णायक गोल गरे । पहिलो हाफमा भिलारियलले १८ औं मिनेटमा गरेको गोलबाट पछि परेको एथ्लेटिकोले दोश्रो हाफमा २ गोल फार्काएर उपाधि पक्का गरेको हो । खेलको ५७ औं मिनेटमा कोरेरा र ६७ औं मिनेटमा स्वारेजले एक एक गोल गरे ।

जितसँगै अंकतालिकाको शीर्ष स्थान पक्का गर्दै उसले उपाधि उचालेका हो । एथ्लेटिको पारजित भएको भए उपाधि रियलको हातमा जाने थियो । लिगको दोश्रो स्थानमा रहेको रियलको ८१ अंक तथा तेश्रो स्थानको बार्सिलोनाको ७६ अंकसहित यो सिजनको अन्त्य भयो ।

बार्सिलोनाले आजको अन्तिम खेलमा कप्तान मेसीरित खेलेको थियो । आईबर विरुद्ध ८१ औं मिनेटमा अन्टुअन ग्रिजम्यानको गोलबाट कठिन जित निकालेको बार्साले पछिल्ला ६ खेलमा जम्मा ४ अंक बटुलेर उपाधि होड रियल र अथ्लेटिकोलाई छोडिदिएको थियो । लिगका सुरुवाती खेलहरु उत्कृष्ट खेलेको एथ्लेटिकोले अन्तिममा लय गुमाउदा प्रतिस्पर्धा तिब्र भएको हो ।

लिगमा चौथो स्थानमा सेभिया र पाँचौ स्थानमा रियल सोसिडाडले सिजन टुंग्याए । बार्सिलोनाबाट फ्रि लोनमा एथ्लेटिको गएका लुइस स्वारेज नै उसको जितका लागि सिजनभरीकै नायक सावित भए ।

प्रतिक्रिया दिनुहोस !