कोरोना संक्रमणबाट १९३ जनाको मृत्यु , ७ हजार ९१४ जनामा कोरोना संक्रमण

९ जेष्ठ २०७८, आईतवार १७:०४ मा प्रकाशित

काठमाडौं ।  नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९३ जनाको मृत्यु भएको छ।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ हजार ३४६ पुगेको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १८ हजार ९६५ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पीसीआर परीक्षणबाट ७ हजार ५९८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ९३१ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार एन्टिजेन परीक्षणबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस !