राष्ट्रपतिले जारी गरिन् नागरिकतासम्बन्धी अध्यादेश

९ जेष्ठ २०७८, आईतवार १७:१८ मा प्रकाशित

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार ‘नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश २०७८’ जारी गरेको हुन्।

जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।

मधेश केन्द्रित दलले नागरिकताको व्यवस्था सम्बन्धी अहिलेको प्रावधानको विरोध गर्दै आएका थिए। नागरिकताको सन्दर्भमा अन्तरिम संविधान, २०६३ सालकै प्रावधान कायम राख्नुपर्ने उनीहरुको जोड थियो। जसपाको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश ल्याउन तयार भएका हुन्।

प्रतिक्रिया दिनुहोस !