शानदार जित सगै ११ वर्ष पछि इन्टर उचाल्यो सिरी ए ट्रफी

१० जेष्ठ २०७८, सोमबार ०९:१३ मा प्रकाशित

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा शानदार जित सगै ११ वर्ष पछि इन्टर मिलानले सिरी ए ट्रफी उचालेको छ ।

च्याम्पियन टिम इन्टरले आइतबार भएको खेलमा फराकिलो जित निकाल्दै उपाधि ट्रफी उचालेको हो । इन्टरले उडीनेजेलाई ५–१ ले पराजित गर्‍यो ।

इन्टरलाई जित दिलाउन एस्ले योङ, क्रिस्टियन एरिक्सन,लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु लुकाकुले एक÷एक गोल गरे । उडीनेजेका रोबर्टोले एक गोल फर्काए ।

जितसँगै इन्टरले च्याम्पियन बन्न ३८ खेलबाट ९१ अंक जोड्यो । उडीनेजे ४० अंकसहित १४औँ स्थानमा रह्यो । इन्टरले यस अघि नै उपाधि जितिसकेको थियो । ट्रफी भने अन्तिम खेलपछि उचालेको हो ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६