सानदार जितसँगै सिटीले उचाल्यो उपाधि ट्रफी

१० जेष्ठ २०७८, सोमबार ०९:२० मा प्रकाशित

काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा सानदार जितसँगै उपाधि ट्रफी उचालेको छ ।

आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ५–० ले हराउँदै ट्रफी उचालेको हो । सिटीले यसअघि नै उपाधि जितिसकेको थियो ।

घरेलु मैदानमा भएको सिजनको अन्तिम खेलमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । केभिन डी ब्रोइना, ग्राबियल जिजस र फिल फोडेनले एक/एक गोल गरे ।

जितसँगै सिटीले ३८ खेलबाट ८६ अंक जोड्यो । पराजित एभर्टनको ५९ अंक रह्यो ।

प्रतिक्रिया दिनुहोस !