निषेधाज्ञाबारे यस्तो छ नयाँ आदेश: अब के-के खुला, के-के बन्‍द ?

११ जेष्ठ २०७८, मंगलवार १९:५४ मा प्रकाशित

काठमाडौं । उपत्यकाका तीन जिल्‍लामा निषेधाज्ञामा कडाइ गर्ने निर्णय भएको छ । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् ।

कोरोना संक्रमण दर नघटेका उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।

 

बैठकले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउने निर्णय गरेका हुन् ।

 

त्‍यस्तै बैठकले किराना पसल र डिपार्टमेन्ट स्टोर जेठ १४ गतेबाट बन्द गर्ने निर्णय गरेको छ । बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले बताए । अब बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस !