सभामुख सापकोटाले बोलाएको पूर्व सभामुखहरूको छलफलमा के-के भयो  को को भए सहभागी ?

११ जेष्ठ २०७८, मंगलवार १६:१४ मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका छन् । मंगलबार नयाँ बानेश्‍वरमा पूर्वसभामुखहरूसँग सभामुख सापकोटाले छलफल गरेका हुन् ।

छलफलमा ओनसरी घर्ती मगर, कृष्णबहादुर महरा र रामचन्द्र पौडेल उपस्थित थिए । तारानाथ रानाभाट, दमननाथ ढुङ्गाना भने भर्चुअल माध्यमबाट उपस्थित थिए । तर नेकपा एमाले केपी ओली समूहका नेतासमेतर रहेका सुवास नेम्वाङ भने उपस्थित थिएनन् ।

पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् ।

‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन,’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले भनिन् । आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था क्षतविक्षत पार्न लागेकोले त्यसलाई जोगाउनु अहिलेको मुख्य जिम्मेवारी रहेको उनीहरूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !