शर्मिला स्याङतान(तामाङ) ले गरिन् ल्होत्से हिमालको सफल आरोहण

११ जेष्ठ २०७८, मंगलवार २०:३६ मा प्रकाशित

काठमाडौ। विश्वका आठ हजार अग्ला १४ हिमाल आरोहण गर्ने अभियानमा रहेकी काभ्रेका शर्मिला तामाङले संसारका चौथो अग्ला हिमाल ल्होत्से आरोहण सम्पन्न गरेकी छिन ।

कोरोना महामारीको दोश्रो लहरसंगै सबै क्षेत्र ठप्प रहेको बेला पनि नेपालको पर्वतारोहण क्षेत्र भने चलाएमान रहेको अवस्थामा उनले नेपाली समय अनुसार जेठ ९ गते विहान ७ः३० बजे आरोहण सम्पन्न गरेकी हुन । उनीसंगै नेपाली महिलाहरु दावा याङजुम शेर्पा र निमा जाङमु शेर्पाले पनि ल्होत्से आरोहण गरेका छन् ।

विश्वको ८ हजारभन्दा अग्लो उचाइ भएको १४ हिमाल चढ्ने लक्ष्य लिएकी शर्मिलाले सगरमाथा, मनास्लु र अन्‍नपूर्ण हिमाल आरोहण गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस !