एमाले सुदुरपश्चिममा संसदिय दलको बैठक: ओलीलाई अर्को झड्का लाग्न सक्ने

१२ जेष्ठ २०७८, बुधबार १०:१२ मा प्रकाशित

काठमाडौँ ।  नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठक शुरु भएको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाड्न एमालेबाट सहभागी मन्त्रीहरुलाई निर्देशन दिएको थियो ।

यद्यपी संसदीय दलमा भने माधव नेपाल पक्षको बहुमत भएकोले सरकार सुरक्षित नै हुने देखिन्छ । यसअघि कोरम नपुगेपछि स्थगित भएको संसदीय दलको बैठक आज बिहानका लागि बोलाइएको थियो ।

मंगलबार नेपाल पक्षका सांसदहरूलाई मात्रै खबर गरिएको थियो भने वुधबार ओली पक्षका सांसदहरूलाई पनि खबर गरिएको थियो । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरिकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो । तर मन्त्रीहरुले भने सरकार छोडेका छैनन् ।

माओवादीका तर्फबाट मुख्यमन्त्री सहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् भने एमालेको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट रहेका छन् । शाहलाई मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक मामिला तथा योजना मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।

प्रमुख सचेतक तारा लामा तामाङको कार्यकक्षमा मंगलबार दलका नेता शाहसँग एमालेका नेपाल पक्षीय सांसद कुलवीर चौधरी, अमर साउद, प्रकाश रावल, दीर्घ सोडारीले आन्तरिक छलफल गरेका थिए । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने केहीबेर संवाद गरेर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०