सिन्धुलीमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार २ सय १४ पुग्यो

१२ जेष्ठ २०७८, बुधबार २२:२५ मा प्रकाशित

काठमाडौँ । सिन्धुलीमा  थप ८४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २ सय १४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

१ सय ७१ जनामा गरिएको स्वाब परिक्षणमा ३७ जना महिला र ४७ जना पुरुष गरि जम्मा ८४ जनामा संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा संक्रिए कोरोना संक्रमितको संख्या १ हजार २१ रहेको छ । जस्मा होम आईसोलेसनमा ९ सय ९३ जना रहेका छन् भने संस्थागत आईसोलेसनमा २८ जना रहेका छन् ।

 

यस्तै आज ७ जना कोरोना संक्रमित निको भएका छन् । यो संगै जिल्लामा कारोना संक्रमण मुक्त हुनेको संख्या १ सय ९० पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !