सगरमाथामा दुई दिनदेखि भारी हिमपात, आरोहण प्रभावित: गृहले भन्योपर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ

१३ जेष्ठ २०७८, बिहीबार ११:३३ मा प्रकाशित

काठमाडौं । सगरमाथामा आज (बिहीबार) बिहानदेखि भारी हिमपात भइरहेको छ । बुधबारदेखि शुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका छन् ।

आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत खिमलाल गौतमको फेसबुकमा जानकारी गराएका छन् । उनका अनुसार केही आरोहीहरु फर्किने क्रममा घाइते भई उद्धारका लागि हेलिकप्टर मगाए पनि खराब मौसमका कारण लुक्लादेखि आधार शिविर नै हेलिकप्टर जान सकेको छैन ।

गृहले भन्यो–पर्वतारोहीलाई तत्काल फिर्ता बोलाऊ, जोखिम क्षेत्रका बस्ती सार
गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिम बाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आंकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६