भिल्लरियाललाई पहिलो पटक युरोपा लिगको उपाधि, म्यानचेस्टर पराजित

१३ जेष्ठ २०७८, बिहीबार १२:१५ मा प्रकाशित

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई टाइब्रेकरमा हराउँदै भिल्लरियालले युरोपा लिग फुटबलको उपाधि जितेको छ । स्पेनिस क्लब भिल्लरियालले जितेको यो पहिलो ठूलो युरोपेली उपाधि हो । खेलको २९ औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लरियललाई अग्रता दिलाएका थिए । इडिन्सन काभानीले ५५ मिनेटमा म्यानचेस्टरबाट बराबरी गोल फर्काए ।

त्यसपछि निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि दुबै टोलीले थप गोल गर्न सकेनन् । पेनाल्टी सुटआउटमा दुबै क्लबका १०–१० खेलाडीले गोल गरे । त्यसपछि गोलकिपरको पालो आयो । भिल्लरियालका गोलकिपर गोरोनिमो रुल्लीले पहिले गोल गरे । र, म्यानचेस्टरका गोलकिपर डेभिड डि गियाको प्रहारलाई रोके ।

भिल्लरियलका प्रशिक्षक उनई इमरीका लागि व्यक्तिगत रुपमा यो चौथो युरोपा लिग उपाधि हो । उनले यसअघि २०१३ देखि २०१६ सम्म लगातार तीन सिजन सेभियालाई युरोपा लिग च्याम्पियन बनाएका थिए ।

जितसँगै भिल्लरियलले आगामी वर्षको च्याम्पियन्स लिगका लागि पनि छनोट भएको छ । फाइनलिस्ट म्यानचेस्टर भने इंलिस प्रिमियर लिगमा दोस्रो स्थान हासिल गरेकाले यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०