संसद विघटन विरुद्ध परेको सबै रिट अब संवैधानिक इजलासमा

१३ जेष्ठ २०७८, बिहीबार १५:०५ मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।

बिहीबार संविधान विघटन विरुद्ध दायर रिटमाथिको सुनुवाइपछि सबै रिटलाई उनले पूर्ण इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

मन्त्रिपरिषद्को सिफारिसम राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्ध सर्वोच्चमा ३० वटा रिट परेको थियो । अब सबै रिटमाथिको बहस संवैधानिक इजलासबाट हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस !