माधव समूहको विद्रोहको धम्की आफैमा आत्मघाति कदम हो: मुख्यमन्त्री पोखरेल

१३ जेष्ठ २०७८, बिहीबार १२:३० मा प्रकाशित

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन प्रधामन्त्री केपी शर्मा ओलीले रहरले नभइ बाध्यात्मक परिस्थिमा विघटन भएको जिकिर गरेका छन् ।

संसदमा कसैको पनि बहुमत पुग्ने अवस्था नभएको बाध्यात्मक स्थितिमा प्रधामन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षमा बहुमत नरहेको र संसदमा बहुमत रहेको प्रधानमन्त्री आलीलाई समेत राष्ट्रपतिले प्रधानमन्त्रीमा स्वीकार नगरिएको अवस्था मध्यावधिको विकल्प नभएको भन्दै पोखरेलले सरकारको बचाउ गरेका छन् ।

उनले वैधानीकरुपमा एमाले नफुटेको र जसपाले पनि आफ्ना १२ जना सांसदलाई कारवाही गरेको पत्र प्राप्त भएको अवस्था संविधानको धारा ७६ (७) बमोजिम संसद विघट हुनुलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले विरोध गर्नु दलीय व्यवस्थाको खिलापमा रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल मार्फत लामो लेख सार्वजनिक गर्दै भने, ‘जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ, त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो । ’

प्रतिक्रिया दिनुहोस !