रियलको प्रबन्धकबाट जिदानले दिए दोस्रो पटक राजीनामा

१३ जेष्ठ २०७८, बिहीबार २२:०० मा प्रकाशित

एजेन्सी । स्पेनिस पावर हावस रियल मड्रिडका प्रशिक्षक फ्रान्सेली जिनेदिन जिदानले क्लको प्रमुख प्रशिक्षकबाट राजीनामा दिएका छन् । रियल सम्हाल्न दोश्रो पटक मड्रिड पुगेको जिदानले क्लबसँगको सम्झौता १२ महिना बाँकी छाँदै राजीनामाको घोषणा गरेका हुन् ।

रियल मड्रिडले जिदानको राजीनामा आएको कुरा पुष्टि गर्दै आफ्नो वेभसाईटमा यसबारे जानकारी गराएको छ । क्लबले भनेको छ, अव हामिले उनले गरेको निर्णयको सम्मान गर्दै उनले देखाएको व्यवसायीकता, योगदान र लगनशिलताका लागि धन्यवाद दिनुपर्दछ । क्लबका जिदान हिरो हुन्, उनले खेलाडी र प्रशिक्षकका रुपमा जे योगदान गरेका छन् त्यसका लागि उच्च सम्मान गर्दछौं । उनलाई रियल मड्रिड उनको मनमा छ भन्ने कुरा थाहा छ र रियल उनका लागि सधैंको घर जस्तै हुनेछ ।

सन् २००६ मा रिटायर्ड हुनुअघि जिदानले रियलमा खेलाडीको रुपमा ६ वर्ष विताउका थिए । प्रशिक्षका रुपमा उनी सन् २०१४ मा रियल फर्किएका हुन् । आफ्नो कार्यकालमा उनले ३ पटक च्याम्पियन्स लिग र ला लिगा उपाधि दिलाएका छन् ।

सन् २०१८ मा प्रशिक्षकको भूमिकाबाट रियल छोडेका उनी फेरी सन् २०१९ मा फर्किए । रियलले आफ्नो नयाँ प्रशिक्षकको रुपमा मासिमिलियानो अलेग्रीलाई रोज्न सक्ने गोलडटकमले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस !