संसद विघटन विरुद्धका रिटमा संवैधानिक इजलासमा सुनुवाई सुरु

१४ जेष्ठ २०७८, शुक्रबार १२:२२ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका ३० वटा रिट निवेदनको सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरेका छन् । सोही इजलासमा सुनुवाइ सुरु भएको हो ।

इजलासमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेका छन् । अहिले अधिवक्ता सन्तोष भट्टराईले बहस सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !