राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य देवकोटाले लिए शपथ

१४ जेष्ठ २०७८, शुक्रबार १५:१३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार संघीय संसद सचिवालयमा आयोजित कार्यक्रमकाबीच देवकोटालाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्। गत ६ गते भएको निर्वाचनमा देवकोटा विजयी भएका थिए ।

राष्ट्रिय सभाका लागि बागमती प्रदेशबाट अन्य समूह अन्तर्गत भएको निर्वाचनमा उनी विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस !