संसद् विघटनसम्बन्धी मुद्दामा भएन केही आदेश, आइतबारलाई हेर्दा हेर्दैमा

१४ जेष्ठ २०७८, शुक्रबार १५:२४ मा प्रकाशित

काठमाडाैं ।प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आइतबारका लागि ‘हेर्दाहेर्दै’मा राखेको छ।

आज सुरु भएको सुनुवाइपछि कुनै आदेश नदिई ‘हेर्दाहेर्दै’मा राखेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ आजबाट सुरू भएको हो।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए।

संवैधानिक इजलासमा दर्ता भएका ११ तथा संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिमा प्रक्रिया नपुगेको भन्दै परेका अन्य १९ रिटमाथि संवैधानिक इजलासमा बहस सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस !