यूईएफए च्याम्पियन्स लिग फाइनल: चेल्सीले म्यानचेस्टर सिटीलाई १-० ले हरायो

१६ जेष्ठ २०७८, आईतवार ११:३७ मा प्रकाशित

काठमाडौं । काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटीलाई हराउदै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गए राति पोर्चुगलको पोर्टोमा भएको यूईएफए च्याम्पियन्स लिग फाइनल म्यानचेष्टर सिटीलाई १-० ले हराउदै चेल्सी च्याम्पियन बनेको हो । यस अघि सन २०१२ मा चेल्सीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले समग्रमा तेस्रो पटक फाइनल खेल्दा दोस्रो पटक उपाधि जितेको हो ।

पहिलो पटक फाइनल पुगेको सिटी भने उपविजेतामै सिमित बन्यो । स्टाडिओ डो ड्रागाओमा भएको खेलको ४३ औ मिनेटमा काई हाभार्टले मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यही गोल चेल्सीलाई च्याम्पियन्स लिगको विजेता बनाउन पर्याप्त बनेको हो ।

दुई फरक क्लबबाट लगातार दोस्रो पटक फाइनल पुग्दा प्रशिक्षक थोमस टुचेलले पहिलो पटक च्याम्पियन्स लिग जितेका छन् । गत सिजन पेरिस सेन्ट जर्मेनको प्रशिक्षक हुँदा उनको टिम फाइनलमा बायर्न म्युनिखसंग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस !