एमाले सुदूरपश्चिम संसदीय दलले माग्यो पूर्वमन्त्री बोहोरासंग स्पष्टिकरण

१६ जेष्ठ २०७८, आईतवार ११:४२ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सांसद एवं पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहोरासंग स्पष्टीकरण मागेको छ ।

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका नेता समेत रहेका बोहरालाई सोधिएको स्पष्टिकरणमा बैठकमा स्वयमं उपस्थित भएर संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, गुटबन्दी गरी बाधाव्यवधान खडा गरेको आरोप लगाईएको छ ।

शाहले उक्त विषयमा बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । उपर्युत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

यस अघि एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीको निर्णय उलङ्घन गरेको भन्दै संसदीय दलको नेता शाह सहित कृष्ण सुवेदी र माया भट्टलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको थियो ।

भीम रावल समूहको बहुमत रहेको संसदीय दलमा एमालेको केन्द्रमा देखिएको दुई पक्षबीचको विवादको कारण त्यसको असर प्रदेशमा परेको छ । यही विवादकोबीच एकले अर्कालाई स्पष्टिकरण सोध्ने र कारवाही गर्नेको होडबाजी चलेको छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०