न्यायधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न : कानून व्यवसायीको माग

१६ जेष्ठ २०७८, आईतवार १३:२३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर सवालजवाफ भएको छ ।

विपक्षी दलको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार रहेका शेरबहादुर देउवाका कानून व्यवसायीले आइतबार बहसको शुरुमै इजलासमा श्रेष्ठको सहभागिताबारे प्रश्न उठाएका थिए ।

कानून व्यवसायी गोविन्द वन्दीले नेकपा विवादमा रिट निवेदकले नउठाएको प्रश्नमा न्यायधीश श्रेष्ठले प्रवेश गरेर नेकपा कानूनी दायरा नाघेको आरोप लगाएका थिए ।

वन्दीले संवैधानीक इजलासमा बस्न श्रेष्ठ बस्न नमिल्ने जिकिर गरेपछि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बहसको ५ जना कानून व्यवसायीलाई बहसको लागि समय छुट्याइदिएका छन् ।

नेकपा नाम सम्बन्धि विवादमा ऋषि कट्टेले माग दावी नगरेको मुद्दमा प्रवेश गरेर न्यायधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठले फैसला गरेको कानून व्यवसायीको आरोप छ ।

यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले इजलासमा संसदमा सबैभन्दा ठुलो पार्टी फुटाएर वर्तमान प्रधानमन्त्रीले निरन्तरता पाएकोले अहिलेको अवस्था आएको जिकिर गरे । उनले चार स्टेपमा प्रधानमन्त्री नियुक्त गर्ने चरण हुँदाहुँदै फेरि संसद विघटन हुनुमा पहिलेको संसद विघटन हुनुमा मेल खाएको स्मरण गराएका थिए ।

यसैगरी अधिवक्ता बद्री बहादुर कार्कीले गोविन्द वन्दीले उठाएको प्रश्नमाथि समर्थन जनाउँदै संवैधानिक इजलासमा न्यायधीश तेज बहादुर केसी र बमकुमार श्रेष्ठ बस्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !