पुनः सुनको मूल्यमा बृद्धि

१७ जेष्ठ २०७८, सोमबार १२:४२ मा प्रकाशित

काठमाडौँ । छापावाला सुनको मुल्य गत हप्तादेखि निरन्तर उकालो लाग्न थालेको अझै बढ्ने क्रम रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत अधिकतम ९४ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य सोमबार थप २०० रुपैयाँ वृद्धि हुँदै ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ ।  यता चाँदी भने सोमबार पनि प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस !