लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसका पाण्डे विजयी

१७ जेष्ठ २०७८, सोमबार १६:३७ मा प्रकाशित

काठमाडौ । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले प्रतिद्वन्द्वीको रुपमा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्न सफल भएका हुन् ।

जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ १ सय १८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४ मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ मत र स्थानीय तर्फ २ मत बदर भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !