आज उपत्यकामा २,३४९ जनामा कोरोना संक्रमण

३१ बैशाख २०७८, शुक्रबार १२:२३ मा प्रकाशित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४५८ जना, भक्तपुरमा ३३५ जना र ललितपुरमा ५५६ जना कोरोना संक्रमित भेटिएका छन् ।

बिहीबार देशभर थप ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा २०३ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !