एक दिवसीय र टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने देशको सङ्ख्या बढाउने निर्णय

१९ जेष्ठ २०७८, बुधबार १२:५० मा प्रकाशित

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिम र टी–ट्वान्टी २० टिमले सहभागिता जनाउने भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाएको हो ।

आईसीसीले एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने निर्णय गरेको छ । आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए । त्यस्तै टी–ट्वान्टी विश्वकपको टिमको संख्या बढाएर २० टिम बनाइएको छ ।

यसअघि टी–ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आइरहेका थिए । आईसीसीले २०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

त्यस्तै सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी–ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०