अर्चना सर्जिकल सप्लायर्सद्वारा सिन्धुली अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

१९ जेष्ठ २०७८, बुधबार २२:०२ मा प्रकाशित

काठमाडौं । अर्चना सर्जिकल सप्लायर्स काठमाडौँ ले जिल्लास्थित जिल्ला अस्पताल अन्तर्गतको कोभिड अस्पताल र ब्लड बैंक रेडक्रस सिन्धुलीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको अर्चना सर्जिकल सप्लायर्सले यसअघि विभिन्न अस्पताल, आईसोलेसनहरुमा स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेको छ ।

बुधबार उक्त सप्लायर्सले जिल्ला अस्पताल तथा रेडक्रस लाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सिन्धुलिमा पछिल्लो समय कोभिड १९ को नयाँ संक्रमितको संख्या बढ्दै गएकाले सुरक्षा सतर्कतामा खटिएका सिन्धुलि अस्पताल र ब्लड बैक सिन्धुलिका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सप्लायर्सले जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरणका लागि सो सप्लायर्सका डाईरेक्टर तथा व्यवसायी दाजुभाई अनिल खतिवडा र अमिर खतिवडा,अर्का पर्यटन व्यवसायी तथा समाजसेवि सुमन काफ्ले लगायतको उपस्थिति रहेको थियोे ।

कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सर्जिकल सामाग्रीहरुको अभाव नहोस् भन्ने उद्देश्यका साथ सर्जिकल मास्क, स्यानिटाइजर लगायतका सामाग्री उपलब्ध गराईएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !