प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्न सिफारिस

२० जेष्ठ २०७८, बिहीबार १२:४५ मा प्रकाशित

काठमाडौं । प्रदेश १ सरकारले जेठ २४ गते प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जेठ २४ गते २ बजे बर्खे अर्थात बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।

संसद छलेर अध्यादेशमार्फत बजेट ल्याउन लागेको विपक्षी दलहरुको आरोपकाबीच प्रदेश सरकारले अधिवेशन आह्वान गरेको हो । यस अघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए।

बजेट प्रस्तुत गर्नु अघि प्रि–बजेटमाथि छलफल गर्ने यस अघिको प्रावधान यस पटक सरकारले मिचेको छ । प्रदेशको बजेट असार १ गते सार्वजनिक गर्ने प्रचलन रहेको छ । सत्ता समिकरणको खेलको दुश्चक्रमा पर्दा यसपटक ढिलो गरी बजेट अधिवेशन बोलाइएको छ ।

सत्तारुढ एमालेभित्रको विवाद र कारवाहीको श्रृंखलाले प्रदेश १ को बजेट पास हुनेमा आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !