उपत्यकाको केही खुकुलो निषेधाज्ञा आजबाट लागु

२१ जेष्ठ २०७८, शुक्रबार १०:०९ मा प्रकाशित

काठमाडौं । केही खुकुलो बनाएर थपिएको उपत्यकाको निषेधाज्ञा आजबाट लागू भएको छ ।

काठमाडौं उपत्यकामा १० दिनका लागि निषेधाज्ञा थपिएको हो । १४ जेठ देखि किराना पसलहरु समेत बन्द गरेर कडा निषेधाज्ञा गरिएको थियो । आजदेखि ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने गरी निषेधाज्ञा खुकुलो गरिएको छ ।

तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू चल्न पाउने छन् ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालयको सेवा प्रवाह पनि स्थगित गरिएको छ । त्यस्तै सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालयको सेवा पनि बन्द गरिएको छ । जेठ ३१ गतेसम्म थप गरिएको निषेधाज्ञामा आजदेखि बिहान नौ बजेसम्म वर्कसप पनि खुल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस !