देशलाई बहुराष्ट्रिय राज्यमा लैजाने उपप्रधानमन्त्री महतोको अभिव्यक्ति राम्रो सन्देश होइन: योगेश भट्टराई

२२ जेष्ठ २०७८, शनिबार ०९:५४ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले मुलुकलाई बहु राष्ट्रिय राज्य तर्फ लैजान मुक्ति आन्दोलनको तयारी गर्ने भनि दिएको अभिव्यक्तिले राम्रो संकेत नदिएको टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस उपप्रधानमन्त्री पुनः उठाउनुले संकेत राम्रो नभएको टिप्पणी गरेका हुन् ।

उनले सारशंमा बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता भएको टिप्पणी गरेका छन् । नव नियुक्त उपप्रधान एवं शहरी विकासमन्त्री राजेन्द्र महतोले सिंहदरबारमा शुक्रबार पदभार ग्रहण गरेलगत्तै पत्रकारसंग नेपाललाई बहु राष्ट्रिय राज्यमा लैजान मुक्ति आन्दोलनको तयारी थाल्लेन अभि व्यक्ति दिएका थिए ।

उनले आफु मन्त्रीमा कति दिन टिक्छु भन्ने कुराको कुनै प्रवाह नभएको भन्दै आफ्नो मिसनको लागि सरकारमा आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !