एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै

२२ जेष्ठ २०७८, शनिबार १०:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहको स्थायी कमिटीको बैठक शनिबार दिउँसो बस्ने भएको छ । केन्द्रीय कमिटीको दुई दिने बैठकल समापन लगत्तै नेपाल समूहले आजको लागी स्थायी कमिटीको बैठक बोलाएको हो।

दिउँसो एक बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न माथि छलफल गरी आगामी रणनीति तय गर्ने बुझिएको छ । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले अध्यक्ष केपी शर्मा ओली समूहसंग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

आजको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुमाथि छलफल केन्द्रीत हुने नेता युवराज ज्ञवालीले बताए । भर्चुअल बैठका धेरैले अध्यक्ष ओली पार्टी एकताप्रति इमान्दार नभएको भन्दै वार्ता वा छलफलको नाममा धेरै अलमलिनु नहुने धारणा राखेका छन् । उनीहरुको भावना समेटेर अगाडि बढ्ने उनले बताए । उनले अब पार्टी अध्यक्षले जेठ २ मा फर्किर मात्रै सुख नपाउने भन्दै संसद विघटन गरेकोमा आत्माआलोचना गर्नुपर्ने जिकिर गरे ।

नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस !