नयाँ विन्डोज भर्सन जुन २४ मा सार्वजनिक गर्दै माइक्रोसफ्ट

२२ जेष्ठ २०७८, शनिबार १०:०८ मा प्रकाशित

काठमाडौं । माइक्रोसफ्ट कम्पनीले आफ्नो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजको नयाँ संस्करण आगामी जुन २४ मा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीका सीईओ सत्य नादेल्लाले विन्डोजको आगामी नयाँ संस्करणलाई पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा यो दशककै सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेका छन् ।

नयाँ संस्करणमा विन्डोजको डिजाइनमा परिवर्तन हुनेछ । त्यस्तै विन्डोज एपमार्फत् सर्जक तथा एप डेभलपर्सलाई सिर्जनाको मौका प्रदान गरिने तथा प्रयोगकर्ता तथा समुदायको बीचमा सम्बन्ध स्थापित गर्न सहज हुने माइक्रोसफ्टले जनाएको छ ।

विन्डोजको नयाँ संस्करण सुरुमा विन्डोज इनसाइडरका लागि परीक्षणका रुपमा मात्र उपलब्ध हुनेछ र आम प्रयोगकर्ताका लागि वर्षको अन्त्यसम्ममा उपलब्ध हुने बताइएको छ ।

माइत्रोसफ्टले नयाँ विन्डोज सार्वजनिक गर्ने जुन २४ को कार्यक्रमका लागि बुधबार निम्तो पठाएको जनाएको छ । स्मरण रहोस् गत महिनाको डेभलपर्स इभेन्टका क्रममा सीईओ नादेल्लाले नयाँ संस्करणको विन्डोजका विषयमा खुलासा गरेका थिए ।

विश्वमा पर्सनल कम्प्युटर अपरेटिङ सिस्टमको क्षेत्रमा आधिपत्य जमाएको विन्डोजले माइक्रोसफ्टको कूल आम्दानीको १४ प्रतिशत हिस्सा ओगटेको छ ।

पछिल्लोपटक माइक्रोसफ्टले सन् २०१५ मा विन्डोज १० अपरेटिङ सिस्टम ल्याएको थियो । माइक्रोसफ्टले विन्डोज १० मा वर्षको २ पटक अपडेट उपलब्ध गराउने गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०

भर्खरैसबै

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

सुदूरपश्चिममा भूकम्पको धक्का

२६ भाद्र २०७८, शनिबार ११:१०