स्वीडेनको सहज जित हुदा, वेल्स बराबरीमा रोकियो

२३ जेष्ठ २०७८, आईतवार १०:२२ मा प्रकाशित

काठमाडौं । युरोकप अघि शनिबार रातिको मैत्रीपूर्ण खेलमा अर्मेनियालाई स्वीडेनले ३-१ ले पराजित गर्दा वेल्स बराबरीमा रोकिएको हो ।

खेलको १६ मिनेटमा फोसवर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा डानिएलसनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा स्वीडेनले अग्रता बढाउने अवसर पाएको थियो । तर सेबास्टियन लार्सेनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

६४ औं मिनेटमा अर्मेनियाका भाहानले गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर ८५ औं मिनेटमा बेर्जले गोल गर्दै स्वीडेनलाई ३-१ को जित दिलाए ।

यस्तै ग्याराथ बेलले केही उत्कृष्ट प्रहार गोल हुन नसके पछि वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो।

युरोकप जुन ११ बाट सुरु हुँदै छ । वेल्स समूह ‘ए’मा रहेको छ भने स्वीडेनले समूह इ मा रहेको छ ।

युरोकप फुटबलको तयारीमा रहेको स्वडेनले दुवै वार्मअफ खेल जित्दै राम्रो तयारी गरेको छ । समूह इ मा रहेको स्वीडेनले जुन १४ मा स्पेनसँग खेल्दै युरोकपको सुरुआत गर्नेछ ।

काठमाडौं । वेल्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । वेल्सले अल्बानियासँग गोलरहित बराबरी खेलेको हो ।

शनिबार राति भएको खेलमा दुवै टोलीले गोल गर्न भने सकेनन् । वेल्सले केही आशालाग्दो प्रदर्शन गरे पनि गोल भने गर्न सकेन ।

युरोकप फुटबलको तयारीका लागि वेल्सले अल्बानियासँग मैत्रीपूर्ण खेल खेलेको हो । ग्याराथ बेलले वेल्सका लागि केही उत्कृष्ट प्रहार गरेका थिए । तर पनि उनले गोल गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस !