सर्वोच्चले गरिदियो कृष्ण थापाको प्रदेशसभा सदस्य पद थमौती

२३ जेष्ठ २०७८, आईतवार १९:१५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापामाथिको कारबाही सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

सांसद थापामाथि राष्ट्रिय जनमोर्चाले २९० जेठमा सांसद पद खारेजीको निर्णय गरेको थियो । आफूमाथि कारबाही भएपछि थापाले शुक्रबार सर्वोच्चमा रिट दिएका थिए ।

थापामाथिको कारबाही बदर हुनेभएपछि गण्डकी प्रदेशको सत्ता समिकरण थप रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !