ओलीको प्रस्ताव पछि, खनाल–नेपाल समूह एकीकृत धारणा बनाउन बैठक बस्दै

२४ जेष्ठ २०७८, सोमबार ०८:३७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्त सहित २०७५ जेठ ३ अर्थात् एकतापूर्वको अवस्थामा फर्कन राजी भएपछि उक्त प्रस्तावप्रति छलफल गर्न झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको आज बैठक बस्ने भएको छ ।

ओलीको प्रस्तावप्रति एकीकृत धारणा बनाउन खनाल–नेपाल समूहले आज स्थायी कमिटी बैठकमा छलफल गर्न लागेको हो । बैठक बसेर साझा धारणा सार्वजनिक गर्ने तयारी खनाल–नेपाल समूहको छ ।

ओलीको प्रस्तावप्रति खनाल–नेपाल समूहमा मत विभाजित देखिएको छ । योगेश भट्टराई सहितका नेताले प्रधानमन्त्रीको ६ बुँदे प्रस्तावले एकताको वातावरण बनाउने बताइरहेका बेला अष्टलक्ष्मी शाक्यले भने विथोल्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस !