भारतमा २४ घण्टामा १ लाख १४ हजार ४६० मा संक्रमण

२४ जेष्ठ २०७८, सोमबार ०९:०२ मा प्रकाशित

काठमाडौं । भारतमा (आइतबार) हिजो १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएका छन् । संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ । मे ७ मा भारतमा एकैदिन सबैभन्दा धेरै ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए ।

भारतमा हालसम्म २ करोड ८८ लाख ९ हजार ३३९ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ४६ हजार ७५९ संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ६७७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस !