एउटै गाडीमा बुढानिलकण्ठ पुगे प्रचण्ड र माधव नेपाल

२४ जेष्ठ २०७८, सोमबार १८:०८ मा प्रकाशित

काठमाडौँ । पछिल्‍लो राजनीतिक घटनाबारे तीन शीर्ष नेताबीच अहिले जारी छ । अहिले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बुढानीलकण्ठमा भेटवार्ता जारी छ ।

देउवा निवास बुढानीलकण्ठमा छलफल गर्न प्रचण्ड र माधव नेपाल एउटै गाडीमा बुढानीलकण्ठ पुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद्‌ विस्तार, प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र शर्मा ओलीले गरेको ६ बुँदे आह्वानबारे छलफल हुने माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

आज बिहान पनि प्रचण्ड, देउवाबीच छलफल भएको थियो । प्रचण्डले आजै बिहान नेता नेपालसँग पनि छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रियसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६

भर्खरैसबै

एमाले स्थायी कमिटी बैठक बस्दै

३ आश्विन २०७८, आईतवार ०९:४१

थप १,५६२ जनामा कोरोना संक्रमण

२९ भाद्र २०७८, मंगलवार १७:१८

९९४ जनामा कोरोना संक्रमण पुष्टि

२६ भाद्र २०७८, शनिबार १७:५६