विश्वकप छनोटमा जोर्डनसँग नेपाल पराजित

२५ जेष्ठ २०७८, मंगलवार १४:०९ मा प्रकाशित

काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोटअन्तर्गत जोर्डनविरुद्ध नेपाल ३-० गोल अन्तरले पराजित भएको छ ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा जोर्डनको जितमा बाहव फैजलले दुई र यजान अल अरबले एक गोल गरे ।

जोर्डनले पहिलो हाफको १४औँ मिनेटमा मेनाल्टीमार्फत गोल गर्दै १-० को अग्रता लिएको थियो । जोर्डनका लागि वहाब फैजलले गोल गरे । उनको यो १२औँ गोल हो ।

फैजलले खेलको २४औं र ४८ औं मिनेटमा गोल गरे हुन् । यजानको भने यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

नेपालले यो प्रतियोगिताअन्तर्गत नेपालले अष्ट्रेलियाविरुद्ध ११ जुनमा खेल्नेछ । सो खेल पनि कुवेतमै हुनेछ ।

प्रतिक्रिया दिनुहोस !